ताजा समाचार

आलाेपालाे प्रधानमन्त्रीको सहमति व्यूतियो, ओली छलफल गर्न तयार

 काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीन घन्टा लामो छलफलमा पुरानो सहमति कार्यान्वयन गर्ने विषयले प्राथमिकता पाएको छ ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी भएपछि उनीहरुवीत पार्टी एकिकरण हुनुपूर्वको सहमति कार्यान्वयन गर्ने विषयले प्राथमिकता पाएको हो । दुई अध्यक्षबीचको संवाद भोलि स्थायी कमिटीको बैठकअगाडि पनि हुने छलफलमा सहभागी एक नेताले बताए ।

दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलमा ठोस सहमति भए–नभएको विवरण भने आएको छैन । बिहीबार प्रचण्ड र महासचिव विष्णु पौडेलसँगको भेटमा प्रधानमन्त्री ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका थिए । नेकपामा प्रचण्ड–नेपाल समूह ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । यद्यपि सहमति जुटाउन नेकपाका अनौपचारिक तहमा संवाद भएका छन् ।

स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित छ । पौडेल र शर्मा दुवैजना जेठ २ गते पार्टी एकताको अघिल्लो दिनको ओली प्रचण्डबीचको सहमतिका साक्षी पनि हुन् । उनीहरुले आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति गरेका थिए । सोही अनुसार आजको छलफलमा विषय प्रवेश गरेको एक नेताले जनाएका छन् । पार्टी फूटको संघारमा पुगपछि दुई मध्ये एक पद छाड्न वा दुवै पद छाड्न ओलीलाई दबाब परेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *