काठमाडौं। बिहिवार ४७३ जना कोरोना संक्रमित थपिएका छन । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । । जसमध्ये १२ हजार २ सय ७२ पुरुष र १७ सय ७४ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म ५ हजार २ सय ३० जना डिस्चार्ज भएका छन ।
हालसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा ३ हजार ९ सय ९ जना, बागमती प्रदेशमा ५ सय ५ जना, गण्डकी प्रदेशमा १ हजार ८४ जना, प्रदेश ५ मा ३ हजार ८ सय ५३, कर्णाली प्रदेशमा १ हजार ५ सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ । हालसम्म पीसीआर विधिबाट २ लाख ३७ हजार ७६४ जनाको र आरडीटी विधिबाट ३ लाख ६२०नमूना परीक्षण भएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।




