गलकोट। सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाडौँमा निधन भएको छ । छन्त्यालको आज बिहान निधन भएको नेपाली काँग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिए।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल काठमाडौँस्थित गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत थिइन । काँग्रेसका तर्फबाट समानुपतिक सांसद उनी दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत थिइन ।




