ताजा समाचार

नेविसंघले ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ सञ्चालन गर्ने

काठमाडौँ। नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले देशभर ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले मङ्गलबार एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई वैकल्पिक सिकाइका लागि उक्त अभियान सञ्चालन गर्ने बताएका छन ।

नेविसङ्घले जिल्लाभर रहेका क्वारेन्टाइनको अवस्था, पीसीआर परीक्षणको उपलब्धता र अस्पतालमा गरिने स्वास्थ्य उपचारको अवस्था बारेमा अनुगमन गर्ने तथा खबरदारी गर्ने बताएको छ । अध्यक्ष ढुङ्गानाले सामुदायिक विद्यालयका विद्यार्थीलाई दिइने निःशुल्क पाठ्यपुस्तक घर–घरमा पुगेर वितरण गरिने बताए।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले जिल्लाभित्रका निजी विद्यालयले शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क उठाउने कुरा रोक्न अनुगमन गर्ने बताए । उनले काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीको अवसरमा असार १८ मा देशभर रक्तदान र वृक्षरोपण गर्न सबै जिल्लालाई परिपत्र गरिएको जानकारी दिए ।

https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/s960x960/106356679_2614025968850747_4285275334548381970_o.jpg?_nc_cat=107&_nc_sid=110474&_nc_ohc=b0MPX1EI2xwAX9HE1sl&_nc_ht=scontent.fktm8-1.fna&_nc_tp=7&oh=5ecf6ed1572d553551216e95b4f12014&oe=5F21C3EE

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *