काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असार १६ गते बोलाएको छ ।
बैठक मंगलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।




