ताजा समाचार

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु, मृतकको संख्या २७ पुग्यो

काठमाडौं। कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
दाङमा परिचय नखुलेकी अन्दाजी २५-३० वर्षीय महिलाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०७७ साल असार ११ गते राप्ति स्वास्थ्य विज्ञान प्रतिठान नजिक अचेत अवस्थामा भेटिएकी महिलालाई प्रहरीले उचारका लागि अस्पताल लगिएको र जाँच गर्दा मृत्यू भएको पाइएको स्वस्थय मन्त्रालयले जनाएको छ । उनको सोही दिन स्वाव संकलन गरेर राप्ति स्वास्थ्य विज्ञान प्रतिठानको ल्यावमा परिक्षणका क्रममा असार १२ गते पोजेटिभ रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

हलसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *