काठमाडौं। शुक्रबार ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन । जसमध्ये ४ सय ८६ पुरुष र १ सय ७ जना महिला छन । उपचारपछि निको भएर आज ८ महिला ४० जना पुरुष गरी ४८ डिस्चार्ज भएका छन ।
हलसम्म नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ । १० हजार ५ सय ६ पुरुष र १२ सय ४९ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता पा.डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
हलासम्म कोरोनालाई जितेर हालसम्म २६ सय ९८ जना डिस्चार्ज भएका छन ।
हालसम्म २ लाख ६ हजार २ सय ७१ जनाको पीसीआर विधिबाट परिक्षण भएको छ । यसै गरी आरटीडी विधिबाट २ लाख ९० हजार ३ सय ४९ जनाको परिक्षण भएको छ । क्वारेन्टाइनमा ७१ हजार १२ जना र आइसोलेशनमा ९ हजार ३० जना रहेको मन्त्रालयले जनाएको छ ।
हलसम्म २७ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




