ताजा समाचार

भारतमा कोरोनाबाट एकैदिन ६९ जनाको मृत्यु

काठमाडौं । छिमेकि देश भारतमा कारोना भाइरस (कोभिड १९) बाट पछिल्लो २४ घन्टामा ६९ जनाको मृत्यु भएको छ । शुक्रबारमा त्यहाँ २ हजार ३ सय ९४ जना नयाँ संक्रमित भेटिएका छन् ।

वल्डोमिटरस्को अनुसार, भारतमा अहिलेसम्म १२ सय २३ जनाको कोरोनाको कारणबाट मृत्यु भएको छ भने अहिलेसम्म ३७ हजार २ सय ५७ जनामा संक्रमण देखिएको छ । १० हजार भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । उता, सरकारले भने लकडाउन २ हप्ता बढाएको छ । मे ३ सम्म तोकिएको लकडाउन थप २ हप्ता लम्बाइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *