काठमाडौं । सरकारले गरेको लकडाउनका कारण अहिले अधिकाम्स मानिस घरमै सिमित छन् । यस्तो अवस्थामा धेरैको दिनचर्या पहिले भन्दा निकै फेरिएको छ ।
तर, अभिनेता अनमोल केसीको दिनचर्या भने पहिले झै छ । अर्थात उनको दिनचर्यामा यो लकडाउनले केही असर गरेको छैन ।
किनभने लकडाउन अगाडि पनि अनमोल फिल्मको छायाँकन समय बाहेकको समय घरबाट बाहिर विरलै निस्कथे । बिहान जिम गएर फर्केपछि उनको दिन घरको कम्पाउण्ड भित्र बित्ने गर्दथ्र्याे । अहिले पनि त्यस्तै छ ।
कोरोनाको कारण ‘ए मेरो हजुर ४’को सुटिङ स्थगित भएपछि पोखरबाट काठमाडौ फर्किका अनमोल लकडाउनको समय एकदिन पनि घरबाट निस्किएका छैनन् ।
घरमै रहदा फिल्म हेरेर र गीत सुनेर दिन बताउने गरेको उनले बताए । अहिले उनी केही फिल्मका स्क्रिप्ट पनि अध्ययन गरिरहेका छन् । स्क्रिप्ट पढेर मात्र निर्माता निर्देशकलाई फिल्म अभिनय गर्ने नगर्ने बताउन स्क्रिप्ट अध्यायन गरिरहेको उनले सुनाए ।
यस अगाडि केही फिल्म उनले वानलाइन कथा सुनेको भरमा पनि साइन गरेका थिए । सोही कारण उनले कानुनी झमेलाको समेत सामना गर्नु परेको थियो ।




