कोशी प्रदेश

संखुवासभामा लकडाउन उल्लघन गर्ने ८३ कारवार्हीमा

संखुवासभा।विश्वभर फैलिदै गईरहेको कोरोना भाइरसको संक्रमणबाट आम नागरीकको सुरक्षाको लागि खटिएको सुरक्षा कर्मीले नेपाल सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने क्रममा लकडाउन उल्लघन गर्ने विभिन्न व्यक्तिहरु कार्वाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले लक डाउन उल्लंघन गर्ने ८३ जनालाई कारवाही गरेको छ । जिल्ला प्रहरी कार्यालयका निरीक्षक सन्तोष राईका अनुसार मंगलबार लकडाउनको वेवास्ता गर्दै विनाकाम बजार डुल्ने ८३ जनालाई कारवाही गरिएको हो । उनीहरुलाई प्रहरीले कोरोना भाईसर सम्बन्धी २ घन्टा जनचेतनामूलक सन्देश दिएर छोडिएको प्रहरीले जनाएको छ ।


कोरोना संक्रमणको कारण प्रशासनले लकडाउनलाई कडा पारेको जनाएको छ । नागरीकको सुरक्षार्थ नेपाल सरकारले गरेको लकडाउनलाई पूर्ण रुपमा कार्यान्वयन गराउन अतिआबश्यक काम बाहेक कसैलाई घरबाट बाहिर ननिस्कनसमेत आग्रह गरेको छ । कोभिड–१९ सम्बन्धी कुनै पनि लक्षण देखा परेमा तत्काल नजिकको प्रहरी कार्यालय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि लगायत संबन्धित निकायमा जानकारी गराउन समेत अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *