कोशी प्रदेश

सहिद दिवसकाे अवसरमा क्तदान कार्यक्रम

उदयपुर।सहिदहरुकाे संझनामा एक टाेल बिकास संस्थाले रक्त दान कार्यक्रम सम्पन्न गरेकाे छ ।कौवैदेबी टाेल बिकास संस्था झाेरापाटाकाे आयाेजना र नेपाल रेडक्रस साेसाईटी उदयपुरकाे सहयाेगमा रक्तदान कार्य सम्पन्न भएकाे हाे ।
चौदण्डीगढी नगरपालिका -२ काे कौवैदेबी आधारभूत बिधालय झाेरापाटाकाे प्राङ्गणमा नगर प्रमुख खगेन्द्र राईले एक समाराेहका बीच रक्तदान गरेर कार्यक्रमकाे उद्घाटन गरेका हुन ।
नगरप्रमुख राइले टाेल बिकास संस्थाले सहिद दिबसकाे अबसरमा रक्तदान जस्ताे पुनित कार्य गरेकाेमा धन्यबाद समेत दिएका छन ।
यस अवसरमा उप- प्रमुख रीता कुमारी चौधरीले रक्तदान गर्दै अब हरेक सामाजिक संघ संस्थाले समाजलाई गतिशिलता प्रदान गर्ने नमुनायाेग्य कार्य गर्न आव्हान गरिन ।


४८ जनाले रक्त दान गरेकाे बताउदै ग्रामिण भेगमा समेत रक्तदान गराउन सफल भएकाे, अगामी दिनमा अझ सामाजिक कार्य गर्न हौसला मिलेकाे टाेल बिकास संस्था का अध्यक्ष दिपेन्द्र बान्तावाले बताए ।
संकलित रगत नेपाल रेडक्रस साेसाईटि काे रक्त संचार सेवा गाइघाटमा उपलब्ध गराइएकाे टाेल बिकास संस्थाकी रत्ना दाहालले बताइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *