काठमाडौं । नेकपाका नेता अग्नि सापकोटा सभामुख भएपछि पहिलो पटक प्रतिनिधि सभाको वैठक सुरु भएको छ। संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै सभामुख सापकाेटालाई बधाई दिएका थिए । प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका थिए । संसदमा अन्य सांसदहरु बोल्ने क्रम जारी रहेको छ ।




