संखुवासभा । २८५६ औं सोनामल्होसार मुसावर्षको अवसरमा जिल्लाभर विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विशेष गरी तामाङ जातीहरुले मनाउने यो पर्व ल्हो भन्नाले वर्ष र छार भन्नाले नयाँ भन्ने अर्थ लाग्छ ।
आजको दिन नयाँ वर्षको रुपमा विशेष परम्परागत एवं साँस्कृतिक महत्वका साथ मध्य पहाडी भुभागमा बसोवास गर्ने एवं बौद्धमागीहरुले हर्ष उल्लासका साथ एक आपसमा शुभकामना आदनप्रदान गदै यो पर्व मनाउने गर्दछ । ल्होसार १२ वटा वर्षहरुमा मुसा, गाई, बाघ, विरालो, गरुढ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सु्गर जस्ता फरक फरक पशुपन्छी तथा जनावरको नामबाट मनाइने गरेको पोखरी निवासीचन्द्र प्रसाद तामाङले बताए ।
ल्होसार पर्वकै अवसर पारेर चैनपुर नगरपालिका वाडा नं.४ स्थित डाडाखर्कमा स्वयम्भु समाज सामाजिक संस्थाद्धारा वडा खेल्कुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको खेल संयोजक नन्द कुमार लिम्बूले वताए । खेलमा सहभागी २३ टिम मध्ये प्रथम पाँचखपनन गरपालिका वडा नं. ४, द्धितीय आयोजक टिम चैनपुर नगरपालिका ४ र टिमद्धय पाँचखपन नगरपालिका वडा नं. ७ र सो नगरपालिकाकै वडा नंं ९ सेमिफाइनलिस्टबनेको समाजसेवी कमानसिंह अधिकारीले वताए ।
प्रतियोगितामा सफल टिमहरुलाई पथम, द्धितीय र फाइनलिष्ट २ टिमहरुलाई क्रमश ३१ हजार १, २१ हजार १ , १० हजार १ का दरले नगद पुरस्कार, ट्रफि, मेडल, र प्रमाणपत्र प्रदान गरिएको थियो । खेल सञ्चालन जिल्ला रेफ्री रामबहादुर बुढाथोकी र प्रवेश सिंखडाले गरेका थिए । जिल्ला समन्वय समिति सदस्य कृष्णकुमार तामाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष धनबहादुर तामाले स्वागत मन्तव्य दिएका थिए ।
तस्वीर : गुगलबाट प्रतिनिधिको लागि




