ताजा समाचार

निलो सारीमा आकर्षक केकी, ‘परि’ भन्दै फ्यानले गरे प्रसंसा

काठमाडौं । अभिनेत्री केकी अधिकारीको अभिनय यात्राले एक दशक नाधिसक्यो । दुई दर्जन बढी फिल्म अभिनय गरेकी केकीले हिट फिल्म भने त्यति दिन सकेकी छैनन् । जीवन्त अभिनय गर्ने अभिनेत्रीको रुपमा चिनिएकी उनले एक दशक लामो फिल्मी करिअरमा पहिलो पटक हिट फिल्म ‘छ माया छपक्कै’ दिएकी छन् ।

फिल्म असफल हुँदा पनि आफूलाई व्यस्त अभिनेत्रीको रुपमा उभ्याएकी अभिनेत्री केकीको ‘छ माया छपक्कै’ को सफलतापछि झनै माग चुलिएको छ । उनलाई लिएर फिल्म बनाउन चाहने मेकरहरु बढेका छन् । गएको हप्ता फिल्म ‘झिँगेदाउ’ को छायांकन सकेकी उनी अहिले अमेरिकामा छिन् ।

अमेरिकाको ओहायो राज्यस्थित एक्रोनमा ‘मेरो डान्स कप’ को चौथो संस्करण र ‘मेरो भ्वाइस कप’ को दोश्रो संस्करणको उद्घाटन कार्यक्रममा सहभागी पुगेकी अभिनेत्री केकी अधिकारीले ‘मेरो डान्स कप’ मा निर्णायकको भूमिका समेत निर्वाह गर्दैछिन् । अहिले चर्चाको केन्द्रमा रहेको ‘कमेडी च्याम्पियन’ को निर्मात्री समेत रहेकी उनी केही हप्तामा नेपाल फर्किने छिन् ।

रियालिटी शो ‘मेरो डान्स कप ४’ र ‘मेरो भ्वाइस कप २’ को उद्घाटन कार्यक्रममा आकाशे रंगको साडी र हरियो रंगको ब्लाउज लगाएर पुगेकी केकी निकै सुन्दर देखिएकी थिइन् । उनले साडीमा सजिएको तस्विर सामाजिक सञ्जालमा साझेदार गरेकी छन् र सयौं दर्शकले ‘परी’ देखिएको भन्दै प्रशंसा गरेका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *