ताजा समाचार

अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी लगाउने ट्रम्पकाे चेतावनी    

एएफपी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरुमा इरानले गरेको क्षेप्यास्त्र आक्रमणपछि पनि अमेरिकी सेनातर्फ कुनै क्षति नभएकाे जानकारी दिएका छन ।

यस कुरालाई ध्यानमा राखी अमेरिकाले सजगता र सतर्कता अपनाएका कारण त्यस्तो कुनै पनि क्षति नभएको जानकारी दिए ।राष्ट्रपति ट्रम्पले गएराति सो जानकारी दिएहा हुन । उनकाे  अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसबाट गएराति टेलिभिजनमार्फत् सम्बोधन सार्वजनिक भएकाे थियाे ।

राष्ट्रपति ट्रम्पले अमेरिकी र इराकी नागरिक एवम् सैनिकतर्फ पनि कुनै क्षति नभएको बताए । अमेरिकी सैन्य आधार शिविरहरूलाई आधार बनाएर इरानले सो हमला गरेको थियो । इराकी अर्धसैन्य बलका प्रमुखको हत्याको बदला लिने भन्दै इरानले बुधवार इराकमा रहेको अमेरिकी सैन्य शिविरमा शक्तिशाली क्षेप्यास्त्र हानेको थियो ।

राष्ट्रपति ट्रम्पले इरान र अमेरिकाबीचको तनाव उत्कर्षमा रहेका बेला गएराति सो सम्बोधन गरेका थिए । आफ्नो धारणा सार्वजनिक गर्दै उनले यो आक्रमणबाट इरान नै तल परेको बताए । उनले मध्यपूर्वमा अमेरिकाको प्रभाव थप बढ्ने पनि बताए । राष्ट्रपति ट्रम्पले यसका लागि आफ्नो सेनाको संख्या मध्यपूर्वी क्षेत्रमा अझै थप्ने पनि बताए ।

उनले अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको बताए । राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गरे।  इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उनको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने पनि बताए ।

उनले अमेरिकाको भौतिक सम्पत्ति या नागरिकमाथि इरानका तर्फबाट कुनै पनि प्रकारको आक्रमण भए इरानमाथिको नाकाबन्दीमा अहिलेको तुलनामा थप कडाई गर्ने समेत बताए ।  राष्ट्रपति ट्रम्पले आईएसआईका प्रमुख अब्बु अली बग्दादी र इरानी सेनाका सैन्य कमाण्डर कासिम सुलेमानीमाथिको कारबाही गरेर अरु धेरै मानिसलाई बचाएको दाबी पनि गरे ।
इरानमाथिको पछिल्लो कारबाहीको विषयलाई लिएर रुस, चीन र जर्मनीले सर्वजनिक गरेको प्रतिक्रियाको खण्डन गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको परमाणु सम्झौता त्यागेर सही काम गरेको पनि बताएका हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *