एजेन्सी । इटालियन सिरी ए मा युभेन्टसले काग्लिएरीलाई ४-० ले हराएको छ । सोमबार राति भएकाे खेलमा क्रिस्चियानो रोनाल्डोले इटालियन सिरी ए मा आफ्नो पहिलो ह्याट्रिक गरेका हुन्।
यो रोनाल्डोको ५६ औं ह्याट्रिक हो। ह्याट्रिक गर्ने क्रममा रोनाल्डोले खेलको ४९, ६७ र ८२ मिनेटमा गोल गरे। दोश्रो गोल उनले पेनाल्टीबाट गरेका हुन्।
त्यसैगरी टोलीको चौथो गोल भने ह्युगिनले खेलको ८१ औ मिनेटमा गरेका थिए। यसका लागि रोनाल्डोले सहयोग गरेका थिए।
जितपछि युभेन्टस १८ खेलबाट ४५ अंक जोडेर लिगको दोश्रो स्थानमा कायमै रहेको छ। लिगको शीर्ष स्थानमा भने गोल अन्तरका कारण समान अंक भएपनि इन्टरमिलान रहेको छ।




