ताजा समाचार

मौरीको टोकाइबाट एक महिलाको मृत्यु

चितवन । चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको मृत्यु भएको छ ।

घरमै बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते भएकि थिइन् । उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *