ताजा समाचार

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा नकाबधारी समूहको आक्रमण

काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा नकाबधारी समूहले आक्रमणमा परी १८ भन्दा बढी विद्यार्थी घाइते भएका छन् । आइतबार साँझ करिब ५० को संख्यमा आएका नकाबधारीहरुले क्याम्पस भित्र पसेर आक्रमण गरेका थिए । जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार जेएनयु क्याम्पसमा ५० भन्दा बढी मानिस छिरेका थिए । उनीहरुले लाठी बोकेका थिए । अधिकांशले आफ्नो अनुहारमा कपडा बाँधेका थिए । क्याम्पसमा छिर्ना साथै उनीहरुले विद्यार्थीमाथि आक्रमण गरेका थिए । अहिले क्याम्पस क्षेत्र प्रहरी नियन्त्रणमा छ । घाइतेहरुलाई अस्पताल पुर्‍याउनका लागि सात वटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।

दिल्ली प्रहरीले जेएनयुको मुख्य गेटमा भारी मात्रामा प्रहरी तैनाथ गरेको छ । जेएनयुको गेट र बाहिर सो घटनालाई लिएर विरोध प्रदर्शन भएको थियो । विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *