काठमाडौं।गृहमन्त्री रामबहादुर थापा ६ दिने चिन भ्रमणको क्रममा आज बेईजिङतर्फ प्रस्थान गरेका छन। चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा त्यसतर्फ प्रस्थान गरेका हुन ।
भ्रमणको क्रममा चिनका जनसुरक्षा मन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मन्त्रीको टोलिले चिनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
टोलिमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १२२ जना चिनिया नागरिक पक्राउ परेका समयमा गृहमन्त्रीको चीन भ्रमण हुन लागेको हो




