काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १८ पदका लागि माघ ९ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागिे १४ उम्मेदवारको नाम टुंग्याएको छ । कांग्रेसले कर्णाली प्रदेशका दुई उम्मेद्वार भने टुंगो लगाएको छैन । दुई सिटमा भने कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावाली टुंगो लगाएको हो ।
कांग्रेसले प्रदश नम्बर १ बाट पाँचथरका निरबहादुर विश्वकर्मा ,सुनसरीकी मिना पुलामी मगर र झापाका राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ ।
यसै गरी प्रदेश नं. २ बाट महोत्तरीकी नगिना यादव र धनुषाका भोला पन्जियारलाई उम्मेदवार चयन गरेको छ ।
प्रदेश नं. ३ बाट सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ र चितवनकी छलीकुमारी शर्मा उपाध्याय उम्मेदवार बनेका छन् ।
गण्डकी प्रदेशबाट स्याङजाका सूर्यप्रसाद रेग्मी, म्याग्दीकी विमला गौचनलाई उम्मेदवार बनाएको छ ।
प्रदेश नं. ५ बाट अर्घाखाँचीका बालकृष्ण पाण्डे, दाङकी गिरिजा न्यौपाने, बाँकेका मेराज हलवाई उम्मेदवार बनाएको छ ।
सुदुरपश्चिम प्रदेशबाट ७ बाट बैतडीका प्रताप ठगुन्ना र कैलालीकी तुलसी देवकोटा राष्ट्रियसभा उम्मेदवार बनेका छन् ।
पुस २० गते आइतबार मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।




