काठमाडौँ । करिब चार वर्षपछि गायक सरोज ओली गायनमा फर्किएका छन् । ‘माछिले खाने खोलिको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौला’ जस्ता चर्चित गीत गाएका ओलीको नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको हो।
सरोज ओलीकै शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भुमी त्रिदेवीले महिला स्वरमा साथ दिएकी छन्।
किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीसँगै आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली र प्रेमा लाम्गादे अभिनयमा देखिएका छन्। ठूलो सेटमा डान्सिङ बिटमा तयार पारिएको भिडियो दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गीतको छायांकन तथा सम्पादन पवन सुस्लिङ्गले गरेका छन्।




