मनोरञ्जन

‘भ्यालेन्टाइन डे’ मा गगन श्रेष्ठले ल्याए ‘म तिमी तिरै हेर्छु‘ (भिडियो)

बिदुर । नुवाकोटका उदयमान गायक गगन श्रेष्ठले प्रणय दिवसकोअवसर पारेर आफ्नो नयाँ गीत ‘म तिमी तिरै हेर्छु‘ सार्वजनिक गरेका छन् ।

शुक्रबार नुवाकोटको विदुरमा एक कार्यक्रम बीच गीतको अडियो र भिडियो सार्वजनिक गरिएको हो ।कञ्चन मगर जिआरको शब्द र प्रविन बराईलीको संगीत रहेको गीतमा सञ्जिव बराईलीको संगीत संयोजन रहेको छ।

गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्डबाबु राई र स्मारिका ढकालले अभिनय गरेको गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेको गरेका हुन् । दिनेश पराजुलीको छायाँकन र विकाश धमलाको सम्पादन रहेको भिडियोको छायाँकन नुवाकोट जिल्लाका धार्मिक, रमणीय तथा पर्यटकीयस्थलमा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *