मनोरञ्जन

‘एक्टर: टेक वन’ को रिलिज रोक्न काठमाडौं जिल्ला अदालतको आदेश, कथावस्तु चोरिएको आरोप

काठमाडौं । काठमाडौं जिल्ला अदालतले भोलिबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टर: टेक वन’ को प्रदर्शन रोक्न आदेश दिएको छ ।

फिल्म ‘एक्टर’का निर्माताले ‘एक्टर: टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा दिएको रिटमाथि सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले अन्तरकालिन आदेश जारी गर्दै छलफलका लागि डाकेको छ ।

चलचित्रको रिलिज रोक्न माग गर्दै चलचित्र विकास बोर्डसमेतलाई विपक्षी बनाएर रिट दायर गरिएको थियो । रिट निवेदक सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरिएको आरोप लगाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *