न्यूयोर्क । फोक्साको क्यान्सरसँग जुधिरहेका बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट निस्किएका थिए । यतिबेला उनीसँग बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन पनि देखिए ।
उनको घरमा जम्मा भएका फोटोग्राफरलाई सञ्जय दत्तले भने, ‘मेरा लागि प्रार्थना गरिदिनुहोस् ।’ जानकारीका अनुसार यसअघि सञ्जय दत्तले मुम्बईका दुई ठूला अस्पताल लीलावती र कोकिलाबेनसँग सम्पर्क गरेका थिए । उनले लिलावती अस्पतालमा केही परीक्षण पनि गराए । स्रोतका अनुसार सञ्जय दत्तले लीलावती अस्पतालमा किमोथेरापीअघि गर्नुपर्ने परीक्षण गराएका थिए ।




