मनोरञ्जन

झण्डा र नेताहरुको फोटो जलाएको गीति भिडियो बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं । समुदायबीच घृणा फैलाउने र आपत्तिजनक शब्दहरु प्रयोग गर्दै राष्ट्रिय झण्डा जलाएको गीति भिडियो बनाउने एक जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम भने खुलाइएको छैन ।

मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार जातीय गाली गलौज गर्दै झण्डा र नेताहरुको फोटो जलाएको फोटोसहितको गीति भिडियो सार्वजनिक गरिएको थियो ।

सो भिडियोमा शरणार्थी बाहुन छेत्री हो भन्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको फोटो जलाइएको छ ।

सो गीतमा आपत्तिजनक शब्दहरु समेत प्रयोग गरिएको छ । ‘ढालजस्तो ढाकाटोपी’, ‘ब्राजस्तो हिन्दु झन्डा बोकी’, ‘हे हे ! होहो शरणार्थी बाहुन छेत्री हो !’ जस्ता शब्दहरु गीतमा समावेश गरिएको छ । सो गीतको भिडियोमा लाइकभन्दा बढी डिसलाइक आएको छ भने कमेन्ट गर्नेहरु प्रायः सबैले भिडियोप्रति असहमति जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *