मनोरञ्जन

शंकर र ‘जेरी’ लाई पुत्रिलाभ

काठमाडौं । शंकर क्षेत्री र बबिता बानियाँ जेरीलाई पुत्रिलाभ भएको छ । गत वर्ष उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । बबिता यही आउँदो दसैंमा आमाको भुमिकामा देखिने भएको थिइन, तर, म्यूजिक भिडियोभन्दा अगाबै उनी सन्तानकी आमा भइन् ।

पुत्रिलाभ भएपछि शंकर क्षेत्रीले फेसबुक स्टाटस लेखेका छन्, ‘भनिन्छ आमा बाबा बन्नु पनि सौभाग्यको कुरा हो । आजबाट हाम्रो घरमा एउटा नयाँ मान्छेको आगमन भएको छ । म बाबा बनेको र तिमी आमा बनेको यो अवसरमा बधाइँ तथा विशेष धन्यवाद डा. रोशन रायमाझीको टिमलाई ।

बबिता र शंकर पेशाले दुबै गायक हुन् । उनिहरुले गाउने पेशासंगै एक दोहोरी साँझ पनि सञ्चालन गर्दै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *