काठमाडौ । बलिउड नायक सैफ अली खान र नायिका करिना कपुर खानको परिवारमा चाँडै नै एक सदस्यको आगमन हुँदैछ । यस्तो खबर सोसल मिडिया अलि अगाडिदेखि नै चलिरहेको थियो तर अब उनको परिवार आफैंले यसबारे घोषणा गरेको छ । खान परिवारले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हामी हाम्रो परिवारमा अर्को एक नयाँ सदस्यको पर्खाईमा छौं भनेर खबर सुनाउन पाउँदा निकै खुसी भएका छौं । हाम्रा शुभचिन्तकका माया र समर्थनका लागि सधैं आभारी छौं ।’ बुधबार सैफकी जेठी छोरी सारा अली खानको जन्मदिन हो । यो मौकामा उनले करिना कपुर दोस्रो पटक गर्भवती भएको खबरबारे जानकारी दिएका थिए ।




