मनोरञ्जन

लोक गायक प्रेमराजा महतलाई कोरोना संक्रमण

काठमाडौं । लोक गायक प्रेमराजा महतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अमेरिकामा बस्दै आएका गायक महतले फेसवुकमार्फत आफुलाई संक्रमण भएको जानकारी दिएका हुन् । महतसँगै उनकी श्रीमति कविता केसीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि महत दम्पती घरको कोठामा आइसोलेशनमा बसेका छन् ।

महतले ध्यान राख्दा राख्दै आफु संक्रमित भएको भन्दै समयमै सतर्कता नअपनाए विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो नराख्ने बताएका छन् । महत मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपालका महावाणिज्यदूत समेत हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *