इस्लामावाद । पाकिस्तानमा एउटा कुखुराको भाले ८ महिनापछि प्रहरी हिरासतबाट मुक्त भएको छ । पाकिस्तानको सिन्ध प्रान्त जिल्लाको घोटमीमा स्थानीय अदालतले प्रहरी हिरासतमा रहेको भालेलाई रिहा गरेर उसको मालिकलाई बुझाइदिन आदेश दिएको छ ।
सिन्धको दुईवटा थानामा ५ वटा कुखुराका भोलि प्रहरीको पाहुना बनिरहेका थिए, त्यसमध्ये एउटा रिहाइ भएको हो । प्रहरीले ती भाले जुधाइ खेलमा छापा मारेको थियो, त्यसमा संलग्न सबैलाई पक्रेर हिरासतमा राखेको थियो ।
पछिल्लो दिनमा घोटकीका स्थानीय निवासी जफर मिरानीले अदालतका न्यायाधीशसमक्ष प्रहरी हिरासतमा रहेको भालेलाई मुक्त गरेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउन आदेश दिन अनुरोध गरेका थिए ।
अपिलकर्ताको दलिल थियो– ‘कुनै निजी काम विशेषले कराचीमा थिएँ, त्यसैले भालेको मालिक हुँ भन्ने दाबी मेरो छैन ।’ अदालतले जफर मिरानीको अपिल स्वीकार ग¥यो र भालेलाई हिरासत मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो ।




