मनोरञ्जन

चलचित्र निर्देशक शाहको निधन

 

काठमाडौँ । बलिउड निर्देशक तथा निर्माता हरिश शाहको निधन भएको छ । शाहको ७६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । उनी लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित थिए । शाहको बलिउडमा ‘जीवनसाथी’ चर्चित चलचित्र हो। उक्त चलचित्रमा राजेश खन्ना र तनुजाले अभिनय गरेका छन् । यसैगरी शाहले निर्माण गरेको चर्चित चलचित्र हो ‘काला सोना’ । सो चलचित्रमा फिरोज खान र परवीन बबीको अभिनय रहेको ‘छ । शाहले ‘राम तेरे कितने नाम’ जस्तो मार्मिक चलचित्र समेत बनाएका थिए । उक्त चलचित्रमा सञ्जिव कुमार र रेखाको उत्कृष्ट अभिनय देख्न पाइन्छ । उनले ऋषि कपूर र नीतू कपूरले अभिनय गरेको ‘धन दौलत’को समेत निर्देशन गरेका थिए । यस्तै ‘जलजला’ र ‘अब इन्साफ होगा’ जस्ता चलचित्रको समेत निर्देशन गरेका थिए । ‘जाल द ट्रैप’ शाहको अन्तिम चलचित्र हो । उक्त चलचित्रमा सनी देओल र तब्बूको अभिनय रहेको छ । शाहको मंगलबार नै अन्त्येष्टि

गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *