जलश्रोत/उर्जा

‘२० वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौ’ : ऊर्जामन्त्री

पर्वत । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको विकल्प खोज्न नहुने बताएका छन् । मुलुकको स्थायित्व र समृद्धिको कार्यभार पूरा गर्न नयाँ जनादेश अपरिहार्य भएको उनले तर्क गरे ।

कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा आज आयोजित कालीगण्डकी प्रशारण करिडोरको सवस्टेशन उद्घाटन समारोहमा नेकपा स्थायी समिति सदस्य रायमाझीले मुलुकको समृद्धि र स्थायित्वका लागि निर्वाचनमा जानुपर्नेमा जोड दिए । उनले ऊर्जामा मुलुक आत्मनिर्भर बन्दै गएको बताउँदै निर्माणाधिन सबै विद्युत् आयोजनाहरु सम्पन्न भएपछि निर्यात गर्न सकिने बताए । उनले नेपालमा २० वर्षमा ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी कार्ययोजना बनेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले नेपालकै दोस्रो ठुलो कालीगण्डकी प्रशारण करिडोरको खुर्कोट–दाना सम्पन्न भएपछि धौलागिरिवासीमा खुसियाली छाएको दाबी गरे। उनले गण्डकी प्रदेश सरकार विद्युत्, स्वास्थ्य, शिक्षा, खानेपानी र सडक पूर्वाधारले समृद्ध बन्नेगरी दिगो योजनाका साथ अघि बढेको बताए ।

कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागाई, प्रतिनिधि सभाका पूर्व सांसद पदम गिरीलगायतले समृद्धिको कार्यभारसहित अघि बढेको केपी ओली नेतृत्वको सरकारलाई काम गर्न नदिने अवस्था आएपछि संसद् विगठन गर्नुपरेको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *