जलश्रोत/उर्जा

चिलिमे जलविद्युत कम्पनीको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले प्रस्ताव गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने (आज) अन्तिम दिन रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को ञ्चत मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।


प्रस्तावित लाभांश सहित विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस १२ गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि मंसिर २९ देखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएकाले मंसिर २८ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

हाल कम्पनीको चुक्तापँजी रू. ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने तयारी कम्पनीको रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *