जलश्रोत/उर्जा

युनाइटेड मोदी हाइड्रोपावरको बुक क्लोज

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले साधारण सभा प्रयोजनको लागि पुस ५ गतेदेखि ९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

कम्पनीले पुस २२ गते हुने सातौ साधारण सभाको लागि बुक क्लोज गरेको हो । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ । 

साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय हेरिटेज प्लाजा कमलादी, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने भएको हो । 

कम्पनीले सभामा २०७६/७७ को सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव २६३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *