काठमाडौं । मंगलबार थप ९३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार १ सय १७ जनाको पीसीआर परीक्षणमा ९ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३८ हजार ५ सय ६९ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ३ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० रहेको छ । आज काठमाडौं उपत्यकामा ४ सय ३८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३ सय १०, भक्तपुरमा ४२ र ललितपुरमा ८६ जना संक्रमित थपिएका हुन् ।




