काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ भइरहेको मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत तीन लाख नाघेको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म ९३ लाख ६० हजार ७६९ मत गणना भइसकेको छ। सो गणनाअनुसार राप्रपाले ३ लाख १६० मत प्राप्त गरेको छ, जुन कुल सदर मतको करिब ३.१९ प्रतिशत हो।
प्रतिनिधिसभामा समानुपातिकतर्फ प्रतिनिधित्वका लागि कुनै पनि दलले कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। हालको मतपरिणामले राप्रपा सो सीमा नजिक पुगेको देखिएको छ।
यसैबीच अन्य दलहरूको मत पनि क्रमशः सार्वजनिक भइरहेका छन्। रास्वपा, ले ४५ लाख ५८ हजार ९५ मत प्राप्त गरेको छ भने कांग्रेस, ले १५ लाख २८ हजार ७८० मत पाएको छ।
त्यस्तै नेकपा ले १२ लाख ७४ हजार ७७७ मत प्राप्त गरेको छ। नेकपा एमालेले ६ लाख ८६ हजार २७१ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ४१४ मत प्राप्त गरेको जनाएको छ । समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।




