देश

जेनजी घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै Gen-G Alliance for Monarchy ले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। अलायन्सले जारी गरेको प्रेस विज्ञप्तिमा आयोगको प्रतिवेदन सरकारलाई बुझाइसकिएको दाबी गर्दै अब कुनै बहाना नगरी त्यसलाई नेपाली जनतासमक्ष सार्वजनिक गर्नुपर्ने बताइएको छ।

अलायन्सका प्रवक्ता रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रतिवेदनको पूर्ण संस्करण सार्वजनिक गर्न माग गरिएको छ। “सम्पादन गरिएको, संक्षेप गरिएको वा राजनीतिक स्वार्थअनुसार परिवर्तन गरिएको कुनै पनि संस्करण हामी स्वीकार गर्दैनौँ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

अलायन्सले सरकारले तोकिएको समयभित्र प्रतिवेदन सार्वजनिक नगरे वा त्यसमा छेडछाड गरी अपूर्ण रूपमा प्रस्तुत गरे देशमा थप अन्योल र अस्थिरता बढ्न सक्ने चेतावनी दिएको छ। यसैबीच सरोकारवाला पक्षहरूले पनि जेनजी घटनासम्बन्धी सत्यतथ्य सार्वजनिक गरी पारदर्शिता कायम गर्न सरकारलाई आग्रह गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *