देश

नेता महेश बस्नेतको शिक्षामन्त्री पुनलाई जवाफः ओली कुटी विवादमा आलोचना ‘अव्यावहारिक’, केपी ओली नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा गरेका ओली निवास ‘कुटी’ सम्बन्धी आलोचनाको कडा जवाफ दिएका छन्।

बस्नेतले भने, “केपी ओली जोगी होइनन्, उहाँ नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो। उहाँको लागि दुई–तीन कोठाको घर बनाइन्छ भन्ने कुरा अव्यावहारिक र केवल व्यङ्ग मात्र हो। व्यङ्ग गर्नेहरूको जीवनशैली र घर सबैले देखेका छन्।”

उनले थपे, “अध्यक्षको आवास पार्टीको जनसम्पर्क, प्रभाव र दायित्व अनुसार निर्माण हुनेछ। यसमा सीमित समर्थक र शुभचिन्तकको सहयोग रहनेछ। ‘कुटी’, ‘आश्रम’ वा ‘भन्नुस’—यी त केवल नामाङ्कन हुन्।”

बस्नेतले ओलीको नेतृत्वमा नेपालको राजनीति नियन्त्रण र देशको पुनर्निर्माण सम्भव भएको भन्दै आलोचना गर्नेहरूलाई भने, “राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण कुटीबाटै गरिनेछ।”

शिक्षामन्त्री पुनले आइतरबार सो विषयमा कटाक्ष गर्दै कुटीको परिभाषाबारे आलोचना गरेका थिए । मन्त्री पुनले नक्सा सम्बन्धी लापरवाही र इन्जिनियरको जिम्मेवारीबारे ‘सख्त कारबाही’को माग गरेका थिए। त्यसपछि एमाले नेता बस्नेताले सो जवाफ पुनलाई फर्काएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *