काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग सरकारको कार्यसम्पादनबारे संयुक्त छलफल थालेकी छन्। सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्रीले सरकार गठनपछिका कामको प्रगति विवरण लिएकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा प्रत्येक मन्त्रालयका सचिवहरूले आफ्नो मन्त्रालय र निकायका कामको प्रतिवेदन प्रस्तुत गर्दै छन्। बैठकको उद्देश्य हालसम्मका उपलब्धि मूल्यांकन गर्नु र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्नु रहेको बताइएको छ। सचिवालयका अनुसार, छलफलपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने छिन्।




