देश

कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाइयो, भोलि बिहान बस्ने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरको सूचनाअनुसार, बैठक २४ गते बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बस्नेछ। बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

यसैसाथ, पार्टीका सचिव गणप्रसाद पौडेलले सबै पदाधिकारी र सदस्यलाई उपस्थित हुन अनुरोध गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *