देश

लुम्बिनी प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीको बिशेष सम्बोधन सुरू (लाईभ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न सुरु गरेका छन् ।

दाङको देउखुरीमा जारी प्रदेशसभाको बैठकमा ओलीले सम्बोधन गरिरहेका हुन् । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई बिशेष सम्वोधनका लागि निमन्त्रणा गरेका थिए ।

यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन ५ नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *