काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । सुनसरी बराहक्षेत्र न.पा. ११ मधुवन बस्ने २५ वर्षीय फरार प्रतिवादी सेहमान खाँलाई एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ गरिएको हो ।
कतारबाट पक्राउ गरी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।





