काठमाडौं । बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक पूर्वाधारसँग सम्वधित निकायहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सुरु भएको छ । मन्त्रालयको अर्धवार्षिक समिक्षा गोष्ठी भक्तपुरको रत्नागिरी रिशोर्टमा आइतबार सुरू भएको हो ।
मन्त्रालय अन्तर्गत सडक पूर्वाधारसँग सम्वधित निकायहरुको अर्धवार्षिक समिक्षा गोष्ठीको उद्घाटन बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले गरेका थिए । समिक्षा गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भडेलले मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू छिटोर छरितो रूपमा समयमै सम्पन्न गर्न मातहतका सबै कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । योजना संचालन र कार्यान्वय गर्न कही कतैबाट समस्या नहुने र नागरिकले बिकासको अनुभूति हुने गरि दिनरात नभनी काम गर्न कर्मचारीहरुलाई मन्त्री भडेलले आग्रह गरे । कार्यसम्पादन मुल्याङ्कन कामको आधारमा कर्मचारीलाई पुरस्कृत गरिने समेत गरिने मन्त्री बडेलले बताए ।

प्रदेश अन्र्तगतका सबै कार्यालय प्रमुखहरूले आ–आफ्नो कार्यालयको कामको जानकारी गराउदै आगामी कार्यक्रमको लागि अझ जिम्मेवारपूर्वक सबैलाई परिचालन गरि ८५–९० प्रतिशतसम्म कार्य सम्पादन गर्ने लक्ष्य राखि काम अगाडि बढाइएको मन्त्रालयका सचिब अशोक कुमार साहले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्रालयले बागमती प्रदेशमा नमुना काम गरिरहेको पनि जानकारी दिए । सचिव साहले समिक्षा बैठकले प्रदेशका रोकियका कार्यले गतिलिने बिश्वास व्यक्त गरे ।

अर्धबार्षिक कार्यक्रममा महाशाखा प्रमुख नबिन कुमार सिहले हालसम्म भएको प्रगति बिवरणको जानकारी दिदै कार्यक्रम संचालनमा परेका समस्या र आप्ठाराको पनि जानकारी दिए । उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास कार्यालय अन्र्तगतका ८ वटै कार्यालय प्रमुख र मन्त्रालयका उपस्थिति रहेको छ । ई.पुण्यराम सुलुले आगामी रणनीति र कार्यक्रम प्रस्तुत गरेका थिए ।





