काठमाडौं । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरूले तालाबन्दीको विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् ।
नेविसंघले गरेको तालाबन्दीको विरोध गर्दै विश्वविद्यालयका प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका हुन् ।
त्रिभूवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।
‘तालाबन्दी समाधान होइन, समस्या हो । विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाउँ, अब त अत्ति भयो, विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म, विश्वविद्यालय सुधारका लागि एकजुट होऔं’ लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए । प्रदर्शनकारी प्राध्यापकहरूले समस्या सहज रुपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताएका छन् ।
प्रध्यापकहरुले विभिन्न विद्यार्थी संगठनहरुले आफ्नो आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने बताए । उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनु पर्ने बताएका छन् । सत्तारुढ दल नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघले विगत लामो समय यता शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गर्दै आएको छ ।




