काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि देशभर खटिने कर्मचारीहरूको सेवा–सुविधाबारे निर्वाचन आयोगले भत्ता दर सार्वजनिक गरेको छ।
आयोगद्वारा जारी कार्यविधिअनुसार निर्वाचन अधिकृत र मतदान अधिकृतले प्रतिदिन २ हजार ५ सय रुपैयाँ भत्ता पाउनेछन्। सहायक निर्वाचन अधिकृत तथा सहायक मतदान अधिकृतका लागि दैनिक २ हजार रुपैयाँ तोकिएको छ।
त्यसैगरी, कम्प्युटर अपरेटर र अन्य सहायक कर्मचारीले १ हजार ६ सय रुपैयाँ पाउने व्यवस्था गरिएको छ भने कार्यालय सहयोगी र स्वयंसेवकलाई प्रतिदिन १ हजार २ सय रुपैयाँ उपलब्ध गराइनेछ। निर्वाचन अवधिभर मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनका लागि १ लाख रुपैयाँ र निर्वाचन अधिकृतको कार्यालयका लागि ८० हजार रुपैयाँ बजेट छुट्याइएको आयोगले जनाएको छ।
यसपटक मतगणना स्थलमा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिइएको छ। अघिल्ला निर्वाचन ९२०७४ र २०७९० मा केही स्थानमा झडप र मतपत्र च्यात्ने घटना भएका कारण दोहोरिन नदिन कडा सुरक्षा प्रबन्ध मिलाइएको छ। कतिपय मतगणना स्थलमा मतपत्र सुरक्षित राख्न जालीसहितको संरचना समेत निर्माण गरिएको छ।







