अर्थ

बजार खुलेको पाँच मिनेटमै एक अर्बको सेयर कारोबार, नेप्सेमा छलाङ

काठमाडौं । धितोपत्र बजार बुधबार निकै सक्रिय देखियो। बजार खुलेको पहिलो पाँच मिनेटमै सेयर कारोबार रकम एक अर्ब नाघ्यो।

नेप्से परिसूचक छोटो अवधिमा ४८.९५ अंकले उक्लिँदा लगानीकर्तामा उत्साह थपिएको देखिन्छ। सो अवधिमा २३० कम्पनीका सेयर मूल्य बढेका छन् भने मात्र ११ कम्पनीका सेयर घटेका छन्। बजार खुलेदेखि नै देखिएको तीव्र कारोबार र उछालले लगानीकर्तामा सकारात्मक संकेत दिएको विश्लेषकहरू बताउँछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *