अर्थ

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले लिए शपथ

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आज (बुधबार) सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष शपथ लिएका छन्। शपथपछि उनी राष्ट्र बैंक पुगेका छन्, जहाँ उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।

सरकारले मंगलबारको मन्त्रिपरिषद बैठकबाट डा. पौडेललाई गभर्नर नियुक्त गरेको थियो। नेपालको संविधानअनुसार गभर्नरले शपथ ग्रहण सर्वोच्च अदालतका प्रधानन्यायाधीशबाट लिनुपर्ने व्यवस्था छ। राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलका अनुसार शपथपछि डा. पौडेल सीधै राष्ट्र बैंक गएका हुन् . उनले आजदेखि औपचारिक रुपमा  औपचारिक जिम्मेवारी सम्हालेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *