
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ। बुधबार, राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेकी हुन्।
गभर्नर तिम्सिनाले देशका विभिन्न स्थानमा पुगेर अध्ययन र छलफलमार्फत प्रतिवेदन तयार गरिएको जानकारी दिइन्। अर्थमन्त्री पौडेलले उक्त प्रतिवेदनले आगामी आर्थिक वर्षको बजेट निर्माणमा महत्वपूर्ण सहयोग पुर्याउने बताएका छन्।