अर्थ

कोशी प्रदेशमा बेरुजू असुली तीव्र, ६ महिनामा १८ करोडभन्दा बढी संकलन

काठमाडौं । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले बेरुजू असुलीमा उल्लेखनीय प्रगति गरेको छ। मन्त्री भूपेन्द्र राईका अनुसार, मन्त्रालय तथा मातहतका १२ कार्यालयमा रहेको ३६ करोड ५१ लाख रुपैयाँ बेरुजूमध्ये १८ करोड ६० लाख रुपैयाँ असुल गरिएको छ।

मन्त्री राईले भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै बेरुजू घटाउने अभियानलाई निरन्तरता दिनेमा प्रतिवद्धता जनाएका छ । उनले आर्थिक वर्षको अन्त्यसम्ममा थप कटौती गर्ने लक्ष्य लिएको बताए ।

सबैभन्दा बढी बेरुजू रहेको पूर्वाधार विकास कार्यालय मोरङले १६ करोड १६ लाख रुपैयाँ असुल गरेको छ। तर, यातायात पूर्वाधार विकास कार्यालय मोरङ, पाँचथर, र सङ्खुवासभाले भने अझै बेरुजू असुल गर्न सकेका छैनन्।

हाल मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजू १ अर्ब ७४ करोड रुपैयाँ छ, जसबाट २१ करोड रुपैयाँ नियमित भइसकेको छ। मन्त्री राईका अनुसार, चालू आर्थिक वर्षको अन्त्यसम्ममा सो रकम १ अर्बले घटाउने लक्ष्य राखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *