अर्थ

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ११ सयले बढेर तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ६१ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *