अर्थ

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ ।

केही दिन यता लगातार घटिरहेको नेप्से परिसूचक बिहीबार भने ३५.६६ अङ्कले बढेर २४ सय ६४.३१ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८.१३ अङ्कले बढेको छ ।

कारोबार रकममा भने धेरै सुधार हुन सकेन । दिनभर भएका ४२ हजार ५०६ कारोबारबाट २२४ कम्पनीका ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम २ अर्ब १२ करोड १५ लाख ११ हजार २८० रुपैयाँ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *